
धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाई छिपाई राखेको १ हजार ३ सय २० के.जी. काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन ।
बरामद काजु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।
pratikshya
प्रकाशित: २५ असार २०८२, बुधबार १४:४९
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
