धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाई छिपाई राखेको १ हजार ३ सय २० के.जी. काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन ।
बरामद काजु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
