पाल्पा-गुल्मी सडक खण्ड पूर्णरुपमा अवरुद्ध

बुटवल । पाल्पाको मालमुलस्थित पाल्पा-गुल्मी सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार बिहान पाल्पाको रिब्दिकोट-३ मालमुलस्थित पाल्पा गुल्मी सडक खण्डमा अबरिल बर्षाको कारण सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले अबरोध सडक खुलाउने पहल भईरहेको जनाएको छ ।

pratikshya

प्रकाशित: २५ असार २०८२, बुधबार १४:३३