बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको ज्यान गएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।
बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाई घाइते भएकी छन् । तिनाउ-३ हेडवक्स नजिकै भएको दुर्घटना लगत्तै उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए । सडकमाथि भिरबाट पहिरो आएर लाग्दा जनक सडकदेखि तल खसेका थिए । पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी ले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सो क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । पानी परेको बेलामा जुनसुकै बेलामा पहिरो खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
