एजेन्सी । अमेरिकाको टेक्सासमा आएको बाढीमा मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । अधिकारीहरूले राज्यमा कम्तिमा ११० जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएको पुष्टि गरेका छन्।
टेक्सासको केर काउन्टीमा मात्र ८७ जनाको मृत्यु भएको छ । जसमा ५६ वयस्क र ३१ बालबालिका रहेको बताइएको छ । केर काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ, तर टेक्सासका अन्य काउन्टीहरूमा पनि मृत्यु भएको छ, जसले गर्दा राज्यमा मृत्यु हुनेको कुल संख्या कम्तिमा ११० पुगेको छ । सिएनएनका अनुसार केर काउन्टीमा १६१ जना बेपत्ता रहेका छन् । यस बाहेक अन्य स्थानमा पनि कैयौं बेपत्ता रहेको उल्लेख गरिएको छ ।
बाढीले केर काउन्टी बाहेक मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ । प्रशासनले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा खोजी कार्य भइरहेको र अहिलेसम्म आठ सय भन्दा बढीको उद्धार गरिएको जनाएको छ । त्यस्तै बेपत्ताको खोजीका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
