नुवाकोटको बिदुरस्थित त्रिशुली नदीको बीचमा दुई जना फसे, उद्धारको प्रयास हुदै

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका- १ स्थित त्रिशुली नदीको बीचमा दुई जना फसेका छन् ।

बसपार्क नजिकै त्रिशुली नदीको बीचमा एक महिला र एक पुरुष फसेपछि उद्धारको प्रयास जारी रहेको छ । अहिले उद्धारको लागि हेलिकप्टर बोलाइएको भएपनि हेलिकप्टर समयमा नआएको स्थानीयले बताएका छन् । अहिले प्रहरी र स्थानीय नदी किनारमा रहेपनि उद्धार गर्ने अवस्था नरहेको बताइएको छ ।

हेलिकप्टरबाट मात्र उद्धारको सम्भावना रहेको र हेलिकप्टर आउन ढिलाई भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

pratikshya

प्रकाशित: २४ असार २०८२, मंगलवार १४:०७