काठमाडौँ । रुसका पूर्वमन्त्री शंकास्पद रुपमा मृत अवस्थामा भेटिएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेको केही घण्टापछि रूसी पूर्व यातायातमन्त्री रोमन स्टारोभोइट मृत अवस्थामा भेटिएका हुन् । उनले आत्महत्या गरेको रुसी मिडियाले उल्लेख गरेका छन् ।
सोमबार बिहान पुटिनले स्टारोभोइटलाई बर्खास्त गरेका थिए । उनको बर्खास्तीको घोषणा गर्ने आदेश आधिकारिक क्रेमलिन वेबसाइटमा प्रकाशित भएको थियो, जसमा उनका उप-प्रधानमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्री नियुक्त गरिएको थियो ।
रूसको अनुसन्धान समितिले स्टारोभोइटको शव मस्कोको उपनगर ओडिन्ट्सोभोमा कार भित्र फेला परेको थियो । उनी बन्दुकको गोली लागेको अवस्थामा फेला परेको समितिले जनाएको छ । उनको मृत्युको परिस्थितिको अनुसन्धान भइरहेको तर मुख्य रुपमा आत्महत्या भएको भनिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
