काठमाडौँ । केन्याको राजधानी नैरोबीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तिमा ११ जनाको गोली हानी मृत्यु भएको छ । प्रहरीले ५६७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यी प्रदर्शनहरू ७ जुलाई १९९० को ऐतिहासिक साबा-साबा (सात-सात) आन्दोलनको ३५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारले लोकतन्त्र र आर्थिक सुधारतर्फ ठोस कदम चाल्न माग गरेका थिए ।
स्थिति नियन्त्रण गर्न पुगेको प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो, जसले गर्दा क्षेत्रमा अराजकता फैलिएको थियो ।
केन्यामा ७ जुलाईमा ‘सबा-सबा’ दिवस मनाइन्छ । ३५ वर्षअघि यसै दिन बहुदलीय लोकतन्त्रको माग गर्दै देशमा ठूलो आन्दोलन भएको थियो । अहिले त्यही दिन फेरि मानिसहरू सडकमा उत्रिएका छन् । यस पटक उनीहरूको आक्रोश प्रहरी ज्यादती, भ्रष्टाचार र मुद्रास्फीतिप्रति छ । मानिसहरू राष्ट्रपति विलियम रुटोको राजीनामा मागिरहेका छन् ।
गत महिना पनि प्रहरी कारबाहीप्रति आक्रोश देखिएको थियो । जुन १७ मा एक ब्लगरको हिरासतमा मृत्यु भएपछि देशभर विरोध प्रदर्शन भएको थियो । जुन २५ मा भएको विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए । सरकारले जनताको आवाज दबाउन खोजिरहेको आरोप लगाउदै प्रदर्शन उग्र बन्दै गएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
