प्रमुख दुई दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी रहेका छन् ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीले सरकार छोडेको लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

Sudina Shrestha

प्रकाशित: २४ असार २०८२, मंगलवार १३:०५