रसुवा । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ ।
गएराती करिब ३: १५ बजे रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको हो । पुलमा पुगेको क्षतिका कारण अहिले आवत जावत बन्द भएको छ ।
त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहमा पसेको बाढीले केही मालबाहक कन्टेनर समेत बगाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।
प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ- राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ । साथै, उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
