काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भेटवार्ताले राजनीतिक वृतमा तरंग ल्याएको छ ।
हालै नेकपा एमालेको राजनीतिमा पुनरागमन गरेकी भण्डारीले केहि दिनअघि बालेनसँग भेटवार्ता गरेको खुलेको हो । एमालेका भण्डारी निकट नेताहरुले भण्डारीसँग बालेनको भेटवार्ता भएको पुष्टि गरेका छन् ।
भण्डारी निवास भंगालमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्था र महानगरको गतिविधिका विषयमा छलफल भएको बुझिएको छ । भेटको उद्धेश्य बारे भने स्पष्ट हुन सकेको छैन ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचक रहेका बालेनलाई भण्डारीले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस भेटले एमालेमा अध्यक्ष ओली र भण्डारीको ध्रुविकरण अझ बढ्ने संकेत गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
