काठमाडौँ । भारतको कर्नाटकस्थित बन्दीपुर बाघ आरक्षमा विषाक्तताका कारण बाँदरहरूको मृत्यु भएको छ । यसअघि महादेश्वर हिल्स वन्यजन्तु आरक्षमा कीटनाशक औषधि सेवनबाट बाघी र उनका चार बच्चाहरूको मृत्यु भएको थियो।
२० बाँदरहरूलाई बोरामा भरेर चामराजनगर जिल्लाको गुन्डलुपेट तालुकमा फालिएको भेटिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यीमध्ये दुई बाँदर जीवित थिए, जसलाई वन अधिकारीले उपचारको लागि गुन्डलुपेटस्थित सरकारी पशु चिकित्सा अस्पतालमा पठाएका थिए ।
कर्नाटकका वनमन्त्री ईश्वर खान्द्रेले बन्दीपुर बाघ आरक्षका वन संरक्षक तथा क्षेत्रीय निर्देशक एस प्रभाकरणलाई बाँदरहरूको मृत्युको अनुसन्धान गर्न आदेश दिएका छन् ।
उनले प्रारम्भिक रिपोर्टले यो मृत्यु विषाक्तताका कारण भएको देखाएको बताउदै फोरेन्सिक रिपोर्टको पर्खाइमा रहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
