जनकपुरधाम । धनुषाको दुहबीमा तस्कर र सशस्त्र प्रहरीबीच गएराति झडप भएको छ । सशस्त्र प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा भिडन्त भएको हो ।
आत्मरक्षाका लागि सशस्त्र प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ । सो क्रममा केही सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीका एसपी निर्मल खड्काका अनुसार तस्करी गरी ल्याइएको समान नियन्त्रणमा लिन दुहबीस्थित एक घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा लिन १२ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको उनले बताए ।
एसपी खड्काका अनुसार आक्रमणमा ६ जना प्रहरी घाइते भएका छन् । उनीहरू जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेको बताइएको छ । स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए । एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनुपरेको बताए ।
दुहबी भारतीय सीमा क्षेत्र (दसगजा)मै जोडिएको छ । यो नाकाबाट तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक–पटक आक्रमण भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
