चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु

चितवन । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बिहीबार राति ९ बजेतिर चितवनको रत्ननगर–८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको बेला अभिषेकलाई गोहीले आक्रमण गरेको थियो । सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको प्रहरीले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार १२:१७