चितवन । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बिहीबार राति ९ बजेतिर चितवनको रत्ननगर–८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको बेला अभिषेकलाई गोहीले आक्रमण गरेको थियो । सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
