धनुषाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

धनुषा । शहीदनगर नगरपालिका-३ यदुकूहाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा रहेका छन् ।

इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार ११:३८