प्रतिनिधिसभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

आज बिहान १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार ११:३४