रसुवा । चीनबाट तातोपानी नाका हुँदै हेलिकप्टर भित्र्याइएको छ ।
माउन्टेन हेलिकप्टर प्रालिले चीनमा किनेको हेलिकप्टर तातोपानी नाका हुदै नेपाल भित्र्याएको हो । फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल ल्याएको हो ।
चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको कम्पनिले जनाएको छ ।
आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको छ ।
यसअघि माउन्टेन हेलिकप्टरले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
