कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो ।
पहिलो पल्ट शत प्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी, स्वदेशी सीप र पुँजीमा इन्धन डिपो निर्माण गरिएको हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले जानकारी दिए ।
निगमले आफ्नो ५५ वर्षको इतिहासमा ७५ करोड रुपैयाँ लागतमा यति ठूलो परियोजना पहिलो पटक बनाएको हो । परियोजनाका प्रमुख इञ्जिनियर यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताए ।
एक हजार दुई सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृहमा तीन हजार ६ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क निर्माण गरिएको हो । यो डिपोले पोखराबाट हुने उडानहरूको इन्धन आपूर्तिमा सहजता ल्याउने छ । स्वदेशी प्रविधि तथा स्रोत प्रयोग गरेर निर्माण गरिएको डिपो नेपालको इन्धन पूर्वाधारमा महत्त्वपूर्ण उपलब्धी हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
