
कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो ।
पहिलो पल्ट शत प्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी, स्वदेशी सीप र पुँजीमा इन्धन डिपो निर्माण गरिएको हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले जानकारी दिए ।
निगमले आफ्नो ५५ वर्षको इतिहासमा ७५ करोड रुपैयाँ लागतमा यति ठूलो परियोजना पहिलो पटक बनाएको हो । परियोजनाका प्रमुख इञ्जिनियर यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताए ।
एक हजार दुई सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृहमा तीन हजार ६ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क निर्माण गरिएको हो । यो डिपोले पोखराबाट हुने उडानहरूको इन्धन आपूर्तिमा सहजता ल्याउने छ । स्वदेशी प्रविधि तथा स्रोत प्रयोग गरेर निर्माण गरिएको डिपो नेपालको इन्धन पूर्वाधारमा महत्त्वपूर्ण उपलब्धी हो ।
Sudina Shrestha
प्रकाशित: २० असार २०८२, शुक्रबार ०९:४०
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
