हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र– एडीबीको ऋण स्वीकार छैन

काठमाडौँ । धरान महानगरका मेयर हर्क साम्पाङले खानेपानीमन्त्री प्रदिप यादवलाई पत्र लेख्दै धरानको खानेपानी आयोजनाको लागि एडीबीको ऋण नलिने स्पष्ट गरेका छन् ।

मेयर साम्पाङले सप्तकोशीको पानी ल्याउने आयोजनाका लागि केन्द्र सरकारले बजेटमा ४ करोड विनियोजन गरेको र बाँकी रकम एडीबीबाट ऋण लिइने भन्ने सुन्नमा आएको भन्दै देशलाई विदेशी ऋण बोकाउने कुरा ठिक नहुने पत्रमा लेखेका छन् । साथै उनले राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बडाउन आग्रह गरेका छन् ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार ०९:२५