काठमाडौँ । जापानमा दुई साताको अवधिमा ९०० भन्दा बढी भूकम्प आएको बताइएको छ ।
दक्षिणी जापानका दुर्गम र कम जनसंख्या भएका टापुहरूमा विगत दुई हप्तामा ९०० भन्दा बढी भूकम्प महसुस गरिएका छन्, जसले गर्दा यस क्षेत्रका मानिसहरू चिन्तित र रातमा जागा रहन बाध्य छन् ।
बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि, अधिकारीहरूले जुन २१ देखि टोकारा टापुहरू वरपरको समुद्रमा भूकम्पीय गतिविधि ‘धेरै सक्रिय’ रहेको बताएका छन् ।
अधिकारीहरूले हाल कतै पनि कुनै क्षतिको रिपोर्ट आएको छैन र सुनामी चेतावनी जारी गरिएको छैन, तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भनिएको छ । एक स्थानीय बासिन्दाले रातमा यहाँ सुत्नु धेरै डरलाग्दो भएको र घर सधैं हल्लिरहेको बताएका छन् ।
जापान संसारको सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो । यहाँ हरेक वर्ष लगभग १५ सय भूकम्प आउने गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
