काठमाडौँ । दिल्लीबाट वाशिंगटन जाने एयर इन्डियाको उडानमा अचानक प्राविधिक गडबडी भएको छ ।
भियनामा इन्धन भर्नको लागि उडान रोकिएपछि गडबडी पत्ता लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसपछि, उडान रद्द गरिएको बताइएको छ । एयरलाइन्सले वाशिंगटन जाने यात्रुहरूलाई भियनामै ओरालेर वैकल्पिक सुविधामार्फत यात्रा गराएको बताइएको छ । यस बाहेक, वाशिंगटन डीसीबाट भियना हुँदै नयाँ दिल्ली जाने एयर इन्डियाको उडान पनि रद्द गरिएको थियो ।
एयर इन्डियाका प्रवक्ताले जुलाई २ मा, नयाँ दिल्लीबाट वाशिंगटन डीसी जाने उडानलाई भियनामा इन्धन भर्नको लागि रोकिएको समयमा विमानमा प्राविधिक गडबडी पत्ता लागेको बताएका छन् ।
यसपछि, वाशिंगटन डीसीबाट भियना हुँदै दिल्ली जाने उडान पनि रद्द गरिएको र प्रभावित यात्रुहरूलाई दिल्ली जाने वैकल्पिक उडानहरूमा बुक गरिएको एयर इन्डियाले जनाएको छ ।
अहमदावादमा गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनापछि ठुलो संख्यामा विमानमा प्राविधिक समस्या आएको उडान रद्द भएका घटना बाहिर आएका छन् ।
एयर इन्डिया र यसको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले दैनिक ११ सयभन्दा बढी उडानहरू सञ्चालन गर्छन् । जसमा डेढ लाखभन्दा बढी यात्रुहरू यसमा यात्रा गर्ने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
