
काठमाडौँ । दिल्लीबाट वाशिंगटन जाने एयर इन्डियाको उडानमा अचानक प्राविधिक गडबडी भएको छ ।
भियनामा इन्धन भर्नको लागि उडान रोकिएपछि गडबडी पत्ता लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसपछि, उडान रद्द गरिएको बताइएको छ । एयरलाइन्सले वाशिंगटन जाने यात्रुहरूलाई भियनामै ओरालेर वैकल्पिक सुविधामार्फत यात्रा गराएको बताइएको छ । यस बाहेक, वाशिंगटन डीसीबाट भियना हुँदै नयाँ दिल्ली जाने एयर इन्डियाको उडान पनि रद्द गरिएको थियो ।
एयर इन्डियाका प्रवक्ताले जुलाई २ मा, नयाँ दिल्लीबाट वाशिंगटन डीसी जाने उडानलाई भियनामा इन्धन भर्नको लागि रोकिएको समयमा विमानमा प्राविधिक गडबडी पत्ता लागेको बताएका छन् ।
यसपछि, वाशिंगटन डीसीबाट भियना हुँदै दिल्ली जाने उडान पनि रद्द गरिएको र प्रभावित यात्रुहरूलाई दिल्ली जाने वैकल्पिक उडानहरूमा बुक गरिएको एयर इन्डियाले जनाएको छ ।
अहमदावादमा गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनापछि ठुलो संख्यामा विमानमा प्राविधिक समस्या आएको उडान रद्द भएका घटना बाहिर आएका छन् ।
एयर इन्डिया र यसको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले दैनिक ११ सयभन्दा बढी उडानहरू सञ्चालन गर्छन् । जसमा डेढ लाखभन्दा बढी यात्रुहरू यसमा यात्रा गर्ने बताइएको छ ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १३:४५
Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ
