काठमाडौँ । भारतको हिमाचल प्रदेशमा आएको भिषण बर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
प्रदेशका विपद् व्यवस्थापन तथा राजस्व विभागले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता भएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बिभागले भनेको छ- ‘जुन १९ मा हिमाचल प्रदेशमा मनसुन आएको थियो । त्यसपछि निरन्तर वर्षा भइरहेको छ । बुधबार मात्र मन्डी जिल्लामा दश जनाको मृत्यु भएको छ । जुन २९ र ३० मा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो, जसले धेरै क्षति पुर्याएको छ । धेरै ठाउँबाट बादल फुटेको र विनाश भएको रिपोर्ट आएको छ ।’
बादल फुटेको र भारी वर्षा-पहिरोका कारण राज्यका २४५ सडकहरू अझै पनि अवरुद्ध रहेको उल्लेख छ । मन्डी जिल्लाका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको बताइएको छ ।
आधिकारिक तथ्याङ्क अनुसार, मन्डीमा १४८ घर, १०४ गौशाला, १४ पुल भत्किएका छन् । ३१ सवारी साधनमा क्षति पुगेको छ । राज्यमा ९१८ विद्युत ट्रान्सफर्मर र ६८३ खानेपानी योजनाहरू बन्द भएका कारण धेरै क्षेत्रमा बिजुली र पानीको संकट शुरु भएको छ । कुल ३७० जनालाई उद्धार गरिएको छ भने । कुल्लुको बन्जार उपत्यकामा फसेका लगभग २५० पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।
भारी बर्षाका कारण ठुलो क्षति भएको र अझै क्षति हुनसक्ने सम्भावना रहेकाले हिमाचल प्रदेशमा भारत मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
