
काठमाडौँ । भारतको हिमाचल प्रदेशमा आएको भिषण बर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
प्रदेशका विपद् व्यवस्थापन तथा राजस्व विभागले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता भएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बिभागले भनेको छ- ‘जुन १९ मा हिमाचल प्रदेशमा मनसुन आएको थियो । त्यसपछि निरन्तर वर्षा भइरहेको छ । बुधबार मात्र मन्डी जिल्लामा दश जनाको मृत्यु भएको छ । जुन २९ र ३० मा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो, जसले धेरै क्षति पुर्याएको छ । धेरै ठाउँबाट बादल फुटेको र विनाश भएको रिपोर्ट आएको छ ।’
बादल फुटेको र भारी वर्षा-पहिरोका कारण राज्यका २४५ सडकहरू अझै पनि अवरुद्ध रहेको उल्लेख छ । मन्डी जिल्लाका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको बताइएको छ ।
आधिकारिक तथ्याङ्क अनुसार, मन्डीमा १४८ घर, १०४ गौशाला, १४ पुल भत्किएका छन् । ३१ सवारी साधनमा क्षति पुगेको छ । राज्यमा ९१८ विद्युत ट्रान्सफर्मर र ६८३ खानेपानी योजनाहरू बन्द भएका कारण धेरै क्षेत्रमा बिजुली र पानीको संकट शुरु भएको छ । कुल ३७० जनालाई उद्धार गरिएको छ भने । कुल्लुको बन्जार उपत्यकामा फसेका लगभग २५० पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।
भारी बर्षाका कारण ठुलो क्षति भएको र अझै क्षति हुनसक्ने सम्भावना रहेकाले हिमाचल प्रदेशमा भारत मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेको छ ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:३५
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
