
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।
यस सम्झौता अन्तर्गत, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउनेछ । ट्रम्पले सम्झौता बारे जानकारी दिदै भनेका छन्- ‘भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।’
यसअघि, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत कर लगाएको थियो । यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो ।
हाल, युरोपेली संघ र जापान लगायत दर्जनौं देशहरूले अमेरिकी कर लागू हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:३३
Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ
