काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्- ‘धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ !’ ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गरेका छन् ।
राष्ट्रपति ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन । पावेलको निरन्तर आलोचनाको बाबजुद, राष्ट्रपतिले यस वर्षको सुरुमा पावरलाई बर्खास्त गर्ने उनको कुनै मनसाय नरहेको बताएका थिए ।
ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन् । अर्कोतर्फ, पावेलले ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो भन्ने प्रतिक्रिया दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
