काठमाडौँ । बर्षापछि आएको पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङको सडक अवरुद्ध भएको छ ।
बुधबार बिहान रसुवाको उत्तरगया-५ नं.५ पालेवनस्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यस्तै रुकुम पश्चिमको चौरजहारी- ८ स्थित कालेखोला पुल नजिकै माथिबाट पहिरो आई मध्य पहाडी लोक मार्ग सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
साथै बझाङको जयपृथ्वी- ७ माल्लाभिर स्थित जयपृथ्वी राजमार्ग मा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो खसी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले राजमार्ग खुलाउने आवश्यक पहल भईरहेको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
