पर्सा । स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहामैनपुर गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानहरपालिका-३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अनिल कुमारलाई वीरगंज महानगरपालिका-१० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही महानगरपालिका-८ कृषी बिकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रूपैयाँ र दिपक कुमारलाई सोही महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १५:०८
चंकी पाण्डे भन्छन्- कपुर र खानको दुनियाँमा ‘पाण्डे केम आउट अफ सेलेबस’ !

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शब्दयात्रा प्रकाशनले आठजना व्यक्तित्व पुरस्कृत गर्दै

अबदेखि प्रहरीले पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

संघीय संसदका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
