काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीकी नेतृ तथा स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।
नेतृ झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिय्व्यक्ति बारे स्पष्टीकरण सोधेको हो ।
नेपालविरुद्ध अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनमा जवाफ दिन स्पष्टीकरण सोधेको छ ।
पतञ्जली जग्गा प्रकरणमा विशेष अदालत काठमाडौँबाट ३५ लाख धरौटीमा रिहा भएका नेपाल बारे झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् ।
उनले भनेकी थिइन्- ‘कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउनसक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
