काठमाडौँ । आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध प्रतिकारको अभियान चलाइरहेकी गायिका एलिना चौहानले विदेशमा बसेको नाममा कानुनले केहि गर्न सक्दैन भन्ने नसोच्न चेतावनी दिएकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै एलीनाले विदेशमा बसेको नाममा कानुनले केहि गर्न सक्दैन भन्ने र फेक आइडी चलाएकालाई कानुनले नछोड्ने बताएकी छन् ।
उनले भनेकी छन्-
विदेशमा बसेको नाममा कानुनले केही गर्न सक्दैन भन्ने सोच, र ‘फेक आइडी चलाएको छु, मेरो नाम नै छैन, कसले पो थाहा पाउँछ र’ भन्ने भ्रम — धेरै भयो अब । न त नक्कली परिचयले जोगाउँछ, न विदेशको दूरीले कानुनबाट टाढा राख्छ । मौनता कमजोरी होइन । सीमाना पार गरेर खेल गर्नेहरूलाई समय आफैंले सिकाउनेछ, जे छ, स्पष्ट छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
