
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविराममा सहमति जनाएको बताएका छन् ।
ट्रम्पले यस अवधिमा सबै पक्षहरूसँग युद्ध अन्त्य गर्ने प्रयास गरिने बताए । उनले हमासलाई चेतावनी दिदै यदि उनीहरूले यो सम्झौता स्वीकार गरेनन् भने स्थिति बिग्रने बताएका छन् ।
ट्रम्पले कतार र इजिप्टले यस सम्झौताको अन्तिम प्रस्ताव हमासलाई पठाउने पनि बताएका छन् । यी दुवै देशहरू लामो समयदेखि शान्ति ल्याउने प्रयास गरिरहेका छन् ।
ट्रम्पले भनेका छन्- ‘इजरायलले ६० दिनको युद्धविराममा सहमति जनाएको छ । अब हामी सबै पक्षहरूसँग कुरा गरेर युद्ध अन्त्य गर्ने प्रयास गर्नेछौं । आशा छ, हमासले यो प्रस्ताव स्वीकार गर्नेछ, किनकि यो भन्दा राम्रो मौका अरू कुनै हुनेछैन । यदि उनीहरूले यस पटक छुटे भने, अवस्था बिग्रनेछ।’
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अर्को सोमबार वाशिंगटन डीसीको भ्रमण गर्नेछन् । यहाँ उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा भेट्नेछन् ।
नेतान्याहूको यो भ्रमण इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरको वाशिंगटन भ्रमणको लगत्तै भएको हो । डर्मरले गत हप्ता अमेरिकी अधिकारीहरूसँग गाजा युद्धविराम, इरान र अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १२:३५
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ