काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने छ ।
सोमबारदेखि जारी बैठकपार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज साढे १२ बजेदेखि शुरु हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरु रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल के.सी., सीताकुमारी राना, राधा घले, सितादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको पौडेलले जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
