बझाङको जयपृथ्वी र रसुवाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध

काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग र रसुवाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान बझाङको जयपृथ्वी-७ तमैलस्थित जयपृथ्वी राजमार्गमा राति देखि परेको अबिरल बर्षाका कारण सडकमाथिबाट पहिरो खसी राजमार्ग अवरोध भएको हो । प्रहरीले अवरोध खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
त्यस्तै बुधबार बिहान रसुवाको गोसाईकुण्ड-२ तातोपानी डाँडा र वालुवा खानिमा माथिबाट पहिरो झरी पासाङ ल्हामु राजमार्ग पूर्णरुपमा अबरोध भएको छ ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १२:३१