
काठमाडौँ । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटको अन्तरिम आदेश सम्बन्धि सुनुवाई ‘हेर्न नभ्याइने’ मा परेको छ ।
यो रिट आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको थियो ।
यस अघि असार १२ गते यो रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिदै आजका पेसी तोकिदिएको थियो ।
डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।
pratikshya
प्रकाशित: १७ असार २०८२, मंगलवार १३:५१
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
