काठमाडौँ । कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँगको फोन कलको अडियो लिक भएपछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई निलम्बन गरिएको छ ।
संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रामाथि गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाउदै निलम्बनको आदेश दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।
अर्कोतर्फ, थाइल्याण्डका राजाले मंगलबार सरकारमा नयाँ मन्त्रिपरिषद् सदस्यहरूको नियुक्तिलाई स्वीकृति दिएका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँग गरेको कुराकानीको अडियो लिक भएपची विवाद शुरु भएको थियो । यसपछि थाइल्याण्डमा हंगामा मच्चियो र प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु भयो । अडियो लिक भएपछि थाइल्याण्डमा संवैधानिक अदालतले लिक भएको कल प्रकरणमा प्रधानमन्त्री शिनावात्रालाई गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाइएको निवेदनमाथि विचार गर्ने अनुमान गरिएको थियो ।
संबैधानिक अदालतको आदेशपछि शिनावात्राले यो प्रक्रिया स्वीकार गर्ने र पालना गर्ने बताएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
