मोरङ । प्रहरी हौं भनि शरीर बन्धक बनाई डकैती गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका-६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।
विराटनगर महानगरपालिका-१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले रोकी “हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ” भनि स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर महानगरपालिका-१४ जतुवास्थित एकान्त स्थलमा पुर्याई डर त्रास देखाई निजसँग साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ बुधबार बिहान डाका गरी फरार भएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर शरीर बन्धक बनाई डाका गरेको कसूर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
