काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा जाने भएका छन् ।
नेतान्याहू आगामी सोमबार वाशिंगटन डीसी पुग्ने बताएका छन् । उनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यो भ्रमण त्यस्तो समयमा भइरहेको छ जब राष्ट्रपति ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न र युद्धबन्दीहरूलाई रिहा गर्न इजरायली सरकारमाथि दबाब बढाइरहेका छन् ।
इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरको वाशिंगटन भ्रमणको लगत्तै नेतान्याहूको भ्रमण हुन लागेको हो । डर्मरले यस हप्ता अमेरिकी अधिकारीहरूसँग गाजा युद्धविराम, इरान र अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।
गत हप्ता शुक्रबार ट्रम्पले सार्बजनिक रुपमा अर्को एक हप्ता भित्र गाजामा युद्धविराम हुने बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
