
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा जाने भएका छन् ।
नेतान्याहू आगामी सोमबार वाशिंगटन डीसी पुग्ने बताएका छन् । उनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यो भ्रमण त्यस्तो समयमा भइरहेको छ जब राष्ट्रपति ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न र युद्धबन्दीहरूलाई रिहा गर्न इजरायली सरकारमाथि दबाब बढाइरहेका छन् ।
इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरको वाशिंगटन भ्रमणको लगत्तै नेतान्याहूको भ्रमण हुन लागेको हो । डर्मरले यस हप्ता अमेरिकी अधिकारीहरूसँग गाजा युद्धविराम, इरान र अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।
गत हप्ता शुक्रबार ट्रम्पले सार्बजनिक रुपमा अर्को एक हप्ता भित्र गाजामा युद्धविराम हुने बताएका थिए ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार १२:०३
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ- सभापति देउवा
