काठमाडौँ । सभामुख देवराज घिमिरेले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छलफल गरेका छन् ।
सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल जारी रहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यस विषयको छानबिन गर्नुपर्ने बताएका छन् । शर्माले यो विधेयक सच्याउने विषय आफ्नो ठाउमा भएपनि यो कसरी भयो भन्ने विषय छानबिन हुनुपर्ने आफुहरुको माग रहेको बताए ।
त्यस्तै नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ पिरियडको विषयमा समितिले गरेको निर्णय विपरित संसदबाट पारित विधेयक देखिएको भन्दै यो आपत्तिजनक रहेको बताए । सांसद गिरीले यसमा संलग्नहरुलाई कारवाही गरिने बताउदै दोषीले राजीनामा दिनुपर्ने र कारवाहीको भोगी हुनुपर्ने बताएका छन् । गिरीले कारवाही गर्ने विषयमा सभामुख समेत सकारात्मक रहेको बताउदै यो विषय टुंगो नलागेसम्म राज्य व्यवस्था समितिको बैठक अगाडी नबढ्ने समेत बताए ।
आइतबार प्रतिनिधि सभाबाट पारित भएको निजामती कर्मचारी विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरि परिवर्तन भएको पाइएपछि यसले सिंगो संसदलाई नै तरंगित बनाएको छ । भने यसको छानबिन र सच्याउने विषयमा सभामुख घिमिरे समेत छलफल गाडी बढाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
