काठमाडौँ । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को समर्थन गर्ने सांसदलाई चुनावमा हराइदिने चेतावनी दिएका छन् । मस्कले हाल सिनेटमा रहेको सो बिलको पक्षमा मतदान गर्ने सांसदलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका हुन् ।
मस्कले यो बिलको विरुद्धमा आफ्नो विरोध जारी राख्दै लेखेका छन्- ‘यस अघि सरकारी खर्च घटाउन अभियान चलाउने र त्यसको तुरुन्तै इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने हरेक कांग्रेस सदस्यले लाजले शीर झुकाउनु पर्छ ! यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम केहि हुने छ भने त्यो उनीहरूलाई अर्को वर्ष चुनावमा हराउनु हुने छ ।’
रिपब्लिकन पार्टीले सिनेटबाट यसलाई पारित गराउन पूर्ण प्रयास गरिरहेको छ । केहि दिन अघि यो बिल सिनेटमा ५१-४९ मतले स्वीकृत भएको छ भने यो सिनेटबाट पारित हुने समय सीमा जुलाई ४ रहेको छ ।
डोनाल्ड ट्रम्पको बिग ब्युटिफुल बिलले सामाजिक कल्याणकारी कार्यक्रमहरूको कोष कटौती गर्ने र साथसाथै अमेरिकाको ऋण ३ ट्रिलियन डलरले बढ्ने आरोप लगाइएको छ । बिल पारित गराउन यी दिनहरूमा सिनेटमा म्याराथन बैठकहरू भइरहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
