भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

काठमाडौँ । नेपाली युवा खेलाडी रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरेका छन् ।

जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध रौनकले शतक प्रहार गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल ३९ ओभरमा ४ विकेट गुमाउदै २५१ रन बनाएको छ । अहिले रौनक १०५ रन बनाएर खेलिरहेका छन् भने जोय थापा ३३ रन बनाएर खेलिरहेका छन् ।

यस अघि शिवांश बजगाईले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएर आउट भएका थिए ।

Sudina Shrestha

प्रकाशित: १७ असार २०८२, मंगलवार १०:२९