काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी एक एक जना प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार दिएको छ ।मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीलाई जनही एक लाख नगद पुरस्कार दिएको छ ।
खेलकुदमन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव हरिप्रसाद लम्सालको अध्यक्षतामा सोमबार मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, छनोट समितिका पदाधिकारीहरु, सम्मानित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीमा तेक्वान्दोका भरत सिंह महता, प्रेम बहादुर लिम्बु, र विर वहादुर महरा रहेका छन् । त्यस्तै कबड्डीकी अनुजा कुलुङ राई र मानमती विष्ट रहेका छन् भने फुटबलकी दिपा शाही रहेकी छन् । त्यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामा र बक्सिङका निर्णायक धन कुमार मैनाली र चिकित्सक डा। राजु डंगोल रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
