
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी एक एक जना प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार दिएको छ ।मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीलाई जनही एक लाख नगद पुरस्कार दिएको छ ।
खेलकुदमन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव हरिप्रसाद लम्सालको अध्यक्षतामा सोमबार मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, छनोट समितिका पदाधिकारीहरु, सम्मानित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीमा तेक्वान्दोका भरत सिंह महता, प्रेम बहादुर लिम्बु, र विर वहादुर महरा रहेका छन् । त्यस्तै कबड्डीकी अनुजा कुलुङ राई र मानमती विष्ट रहेका छन् भने फुटबलकी दिपा शाही रहेकी छन् । त्यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामा र बक्सिङका निर्णायक धन कुमार मैनाली र चिकित्सक डा। राजु डंगोल रहेका छन् ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार ०९:०२
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
