
काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।
पद्म हाउजिङसँग ९ करोड २२ लाख रुपैंयाको घुस लेनदेनको प्रकरणमा विधेश अदालतले बस्नेतलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । त्यस्तै पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाखको जरिवाना गरेको छ । साथै हाउजिङ र पद्मा मर्चेन्टले पनि सोहि दरले जरिवाना तिर्नुपर्ने आदेशमा उल्लेख छ ।
विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ । विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर २०८१ को पुस १४ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा विजयी भएका थिए ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार ०८:५९
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
