सुनसरी । सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले करीव ४ लाख २० हजार ४ सय २० बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले को २ त ५२७९ नंम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउदै गरेको १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो । ट्याक्टरको चालक भने फरार रहेका छन् ।
बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाईएको छ । बरामद चिनीको मुल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मुल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
