
सुनसरी । सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले करीव ४ लाख २० हजार ४ सय २० बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले को २ त ५२७९ नंम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउदै गरेको १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो । ट्याक्टरको चालक भने फरार रहेका छन् ।
बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाईएको छ । बरामद चिनीको मुल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मुल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको छ ।
pratikshya
प्रकाशित: १६ असार २०८२, सोमबार १५:४२
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
