काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा शानदार शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।
यस खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बाले ५ गोल गरेकी छन् भने अनिता केसी, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र सरु लिम्बुले एक एक गोल गरेका थिए ।
यो जितसँगै नेपाली महिला फुटबल टिमको आफ्नो १००औं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ । पहिलो पटक लाओससँग खेलेको नेपाली महिला फुटबल टिमको इतिहासमा यो चौथो फराकिलो जित हो ।
नेपालले यसअघि २०१० मा अफगानिस्तानसँग १३–० तथा पाकिस्तानसँग १२–० को जित हासिल गरेको थियो भने २०२४ मा माल्दिभ्ससँग ११–० को जित हासिल गरेको थियो ।
फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् । त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि नेपाली राष्ट्रिय महिला टिममा शानदार शुरुवात गरेका छन् । समुह एचमा रहेको नेपालले अब जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
