
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै तत्कालिन मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बराबरको विगो माग गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: १६ असार २०८२, सोमबार ०९:५२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
