काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै तत्कालिन मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बराबरको विगो माग गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
