
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।
यसै सन्दर्भमा यस वर्ष ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाउन लागिएको छ ।
जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ्दो नकरात्मक असरलाई न्यूनिकरण गर्दै धान बालीमा जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेती ( वर्षे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको कृषि मन्त्रालयलले जनाएको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

pratikshya
प्रकाशित: १५ असार २०८२, आईतवार १२:३२
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
