बर्दियामा जबर्जस्ती करणीको कसुरमा दुई जनालाई कैद सजाय फैसला गरेको छ । बर्दिया जिल्ला अदालतकोको असार १२ गतेको इजलासले जबर्जस्ती करणीको कसुरमा दुई जनालाई कैद सजायको फैसला गरेको हो ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८२ असार १२ गते इजलासले बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताइन् ।
त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ असार १२ गते इजलासले १५ वर्षीय बालकलाई ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिवाना, १० हजार रुपियाँ क्षतिपूर्ति र ७५ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतकी शाखा अधिकृत अमृता केसीले बताइन् ।
कसुरदारले थारुले बालिकालाई ०८० फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन २० गते पक्राउ गरेको थियो भने कसुरदार बालकले बालिकालाई ०८० पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुष १८ गते प्रहरीमा जाहेरी दिएको थियो । प्रहरीले आरोपितलाई पुस १७ गते पक्राउ गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
