सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार असार ११ गते भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक जंगलमा १२ वर्षीया बालिका मृत फेला परेकी थिइन् ।
बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो । कोलगाउँ बस्ने बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो । शव फेला परेपछि प्रहरीले घटनास्थलमा काठमाडौँबाट लागिएको तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो ।
प्रहरीको अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको जानकारी दिएको छ । प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
