
नुवाकोट । नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाईएको छ ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी थिईन् ।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।
बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्वारको लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडांडा बाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ ।
सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाईते भएको हुँदा उनलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको ल्याइएको छ भने केहि चौपाया बाढिले बगाएको छ ।
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार १४:१३
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
