नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीमा बेपत्ता भएकी ३२ वर्षिया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाइएको छ ।
सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज उद्दारको लागि खटिएको छ । सो खोलाले पशुचौपायालगायत अन्य सामान बगाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
