
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । शनिबारदेखि जुलाई ४ सम्म हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन मन्त्री डा.राणा आज त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री डा. राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओमा नेपालका स्थायी प्रतिनितिनिधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीहरू रहेका छन् ।
सम्मेलनपछि, परराष्ट्रमन्त्री डा. राणाले इटालीको मिलान र जर्मनीको ह्याम्बर्ग र बर्लिनमा नेपालको लगानी बोर्डद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार ११:५४
एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द
