ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका सहचालक २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेको प्रहरीले जनाएको छ । 

भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए । 

सहचालक प्रजाको चितवन मेडीकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

pratikshya

प्रकाशित: १३ असार २०८२, शुक्रबार ११:४८