काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै युवाहरूलाई देश बचाउन अपील गरेका छन् ।
ओबामाले ट्रम्प सरकारको आलोचना गर्दै अमेरिकी सरकार चलाउनेहरूले लोकतन्त्रको आधारभूत सिद्धान्तहरूलाई कमजोर बनाइरहेको बताउदै भनेका थिए- लोकतन्त्रमा सरकार बाहिर र भित्र दुवैबाट गलत कुराहरूको विरोध हुनु आवश्यक छ । तर अब यो भइरहेको छैन ।
ओबामाले अमेरिकाको तुलना हंगेरी जस्ता देशहरूसँग गरे, जहाँ चुनाव हुन्छ, तर त्यहाँ जनताको आवाजलाई साँच्चै सम्मान गरिँदैन र नेताहरूले मनमानीपूर्वक काम गर्छन् । उनले चेतावनी दिदै अमेरिका पनि अब यस्तै बाटोमा अघि बढिरहेको चेतावनी दिदै देशमा कानून र लोकतन्त्रको वास्तविक भावना कमजोर हुँदै गइरहेको बताए ।
ओबामाले २०२० को राष्ट्रपति चुनावको उदाहरण दिदै हारेका डोनाल्ड ट्रम्पले धोखाधडीको झूटा आरोप लगाएको बताए ।
ओबामाले रूसी राष्ट्रपति पुटिन र उनको केजीबी (जासूसी एजेन्सी) को उदाहरण दिदै भने- ‘कुनै नेताले बारम्बार झूट बोलिरहेको छ कि छैन, वा राष्ट्रपतिले चुनाव हारेको छैन, तर जितेको दाबी गरिरहेको छ कि चुनावमा धाँधली भएको छ भन्ने कुराले फरक पार्दैन । तर जब एउटै नेताले चुनाव जित्छ, त्यो धाँधली अचानक गायब हुन्छ । जब मानिसहरूले सत्यलाई त्याग्छन्, तब तानाशाही फस्टाउँछ ।’
ओबामाले अमेरिकाको एक प्रमुख राजनीतिक दल (रिपब्लिकन पार्टी) मा यस्तै भइरहेको बताए । धेरै नेताहरूलाई थाहा छ, अहिले भनिएका कुराहरू सत्य होइनन्, तर पनि तिनीहरू सबै कुरा ठीक र सत्य छ जस्तो ढोंग गर्छन्, जुन एकदमै खतरनाक अवस्था भएको उनको टिप्पणी छ ।
ओबामाले आफु अझै पनि आशावादी रहेको बताउदै भने- ‘गलत कुराहरू विरुद्ध क्रोध आवश्यक छ, तर परिवर्तन ल्याउनको लागि, एकताबद्ध सोच आवश्यक छ । ती मानिसहरूसँग पनि कुरा गर्नुपर्नेछ जो तपाईंसँग सबै कुरामा सहमत छैनन्, तर केही कुराहरूमा सहमत हुन सक्छन् ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
